काठमाण्डौ । चलचित्र 'महाराजधिराज' मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् ।
रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन् । चलचित्र 'ऐश्वर्य' पछि उनी पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । महाराजधिराजलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।
फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ ।
पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो । जहाँ उनी एउटामा न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए। सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा 'प्रेमगञ्ज' समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
'महाराजधिराज' का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि 'बुलाकी' निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।


















