लसएन्जल्स(एजेन्सी) । विश्व संगीतको प्रतिष्ठित अवार्ड ‘ग्रामी’को ६७ औं संस्करण सम्पन्न भएको छ । लसएन्जल्समा आयोजित अवार्ड उत्कृष्ट प्रस्तुतीसँगै इतिहास रच्न पनि सफल भयो ।
शाकिरादेखि लेडी गागासम्मले ग्रामी अवार्ड आफ्नो नाममा बनाए । दिग्गज गायिका वियोन्स ‘बेस्ट कन्ट्री एल्बम’ लिने पहिलो अश्वेत महिला बनिन् । उनले ‘बेस्ट एलबम अफ द इयर’को अवार्ड पनि जितिन् । यसबाहेक कैयौं अन्य स्टारले मञ्चमा पहिलोपटक उपाधि जित्दै सफलताको झण्डा फहराए ।
यो अवार्डमा दर्शकको ध्यान खिच्ने केही पाँच कुरा पनि भए । जुन यसप्रकार छन्ः–
न्यूड लुकमा पुगिन् बियांका
‘ग्रामी अवार्ड’को रेड कार्पेटमा सबैभन्दा अचम्मको घटना त्यतिबेला भयो, जब अष्ट्रेलियन मोडल तथा अमेरिकी र्यापर कान्ये वेस्टकी पत्नी बियांका सेन्सरी पारदर्शी कपडा लगाएर पुगिन् । दुवैले ग्रामी अवार्डको निम्तो पाएका थिएनन् । यसकारण उनीहरुले ग्रामी नाइट्समा जाने अनुमति पाएनन् । उनीहरुलाई त्यहाँको सुरक्षाकर्मीले बाहिर जाने बाटो देखाइदिए ।
अग्नी विभागका सदस्यले दिए अवार्ड
ग्रामी अवार्डमा दुई अवार्ड आफ्नो नाममा पारेकी बियोन्सेलाई अवार्ड दिनका लागि कोही सेलिब्रेटी स्टेजमा उपस्थित भएनन् । त्यहाँ उनलाई लसएन्जल्सको अग्नी विभागका सदस्य पुगे । उनलाई अवार्ड दिँदा विभागका सदस्यहरु विभागकै पहिरनमा उपस्थित भएका थिए । बियोन्सेले लसएन्जल्समा हालै भएको आगलागी पीडितलाई २१ करोड रुपैंयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन् ।
क्विन्सी जोन्ससमेत दिवंगत कलाकारलाई श्रद्धाञ्जली
कोल्ड प्ले गायक क्रिस मार्टिनसमेत कैयौं गायकगायिका र रक ब्याण्डले ग्रामी अवार्डमा पुगेर ती स्टारलाई श्रद्धाञ्जली दिए, जो संगीत क्षेत्रबाट सदाका लागि बिदा भए । जेनेल मोनाएसमेत कैयौं गायकगायिकाले ग्रामीको मञ्चमा पुगेर दिवंगत रेकर्डर निर्माता क्विन्सी जोन्सको सम्झनामा प्रस्तुती दिएका थिए । क्विन्सीको गत वर्ष नोभेम्बरमा निधन भएको थियो ।
ग्रामीमा छाइन् भारतीय गायिका
ग्रामी अवार्डमा भारतीय–अमेरिकन गायिका चन्द्रिका टण्डनले पहिलो ग्रामी अवार्ड जितिन् । उनले त्रिवेणीका लागि बेस्ट न्यू एज, एम्बिएण्ट वा च्याट एलबमका लागि अवार्ड जितेकी हुन् । उनले दक्षिण अफ्रिकी बाँसुरी बादक वाउटर केलरमेन र जापानी सेलिस्ट इरु मात्समोतोका साथ यो अवार्ड पाइन् ।
चापेल रोअनलाई पहिलो ग्रामी
गुड लक वेब गायिका चापेल रोअनले पहिलोपटक ग्रामी अवार्ड जितिन् । उनले बेस्ट न्यू आर्टिस्टको अवार्ड जितेकी हुन् ।


















